देश/प्रदेश

लागूऔषध सहित तीन जना पक्राउ

Banner

काठमाडौं, असार २७-

प्रहरीले लागूऔषध सहित तीन जना पक्राउ गरेको छ ।

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरेबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १०५ ग्राम र नगद १० हजार ५ सय रूपैयाँसहित सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा।५ ख ५९८८ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका११ गाग्रेतालबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्राम र नगद ६३ हजार रूपैयाँ सहित सोही नगरपालिका-१२ बस्ने २० वर्षीय समिर नेपाली समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>