अटो
चितवनमा टोयोटाको अत्याधूनिक शोरुम उद्घाटन

चितवन, असार २७–
नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डकेट (युटिएस) प्रा.लि.ले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ ।
कम्पनीले अटोवेज पोखरा प्रा.लि.लाई आधिकारिक डिलर नियुक्त गर्दै चितवनको भरतपुरमा अत्याधुनिक थ्रीएस ( (सेल्स, सर्भिस र पार्टस्) सुविधासहतको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
वैद्य अर्गनाइजेशन अफ इन्ड्रष्टिज (भोइथ)का अध्यक्ष सुरज वैद्य, अटोवेज प्रा.लि.का अध्यक्ष नारायणप्रसाद पौडेलले रिवन काटेर शोरुमको समुद्घाटन गरेका थिए । यो नयाँ शोरुमबाट ग्राहकहरुले टोयोटा गाडी खरिद, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मर्मत सेवा तथा जेन्युइन पाटपूर्जा एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यस सुविधाले चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनेछ । उद्घाटन समारोहमा अटोवेज पोखरा प्रा.लि.का अध्यक्ष नारायणप्रसाद पौडेलले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो सम्पति भएको बताए ।

सन् २०११ मा भरतपुरबाट यात्रा सुरु गरेको अटोवेजले विगत १५ वर्षमा ग्राहकसँग बलियो सम्बन्ध निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले अत्याधुनिक (३ एस) सुविधा उत्कृष्ट स्वामित्व अनुभव र प्रभावकारी विक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको बताए । उनले उद्योग, यातायात र कृषि क्षेत्रको तीव्र विकाससँगै चितवन नेपालको सबैभन्दा संभावनायुक्त अटोमोबाइल बजारमध्ये एक बनेको उल्लेख गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमकता रहेको बताए ।
कायक्रममा वैद्य अर्गनाइजेशन अफ इन्ड्रष्टिज (भोइथ)का अध्यक्ष सुरज वैद्यले टोयोटाको सेवा विस्तार ग्राहकप्रतिको दिर्घकालिन प्रतिबद्धताको नरन्तरता भएको बताए । उनका अनुसार गुणस्तर, सुरक्षा, टिकाउपन र विश्वासका कारण टोयोटाले विश्वव्यापी पहिचान बनाएको बताए ।



























