खेलकुद
नेपाल र भारत ‘ए’ बीच कीर्तिपुरमा टी–२० शृङ्खला हुने
०

काठमाडौँ, २६ असारः
नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको ‘ए’ टिमसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला खेल्ने भएको छ ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिम र भारत ‘ए’ बीच तीन खेल सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला खेल्ने तय भएको जनाएको हो । क्यानका अनुसार, कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा उक्त श्रृंखला डिसेम्बर ९, १० र १३ मा हुनेछ ।
स्कटल्यान्डमा भएको आईसीसी कन्फरेनसको अवसरमा क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट संघ (बीसीसीआई)का महासचिव देवाजित साइकाइबीचको भेटवार्ताबाट तय गरिएको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























