देश/प्रदेश

टेम्केमैयुङमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम

Banner

भोजपुर, असार २६-

टेम्केमैयुङ गाउँपालिकाले ‘एक घर एक करेसाबारी’ कार्यक्रमअन्तर्गत यहाँका किसानलाई करिब रु ३८ लाख बराबरका पाइप तथा टनेल सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले व्यावसायिक तरकारीखेती गर्न पाइप तथा प्लास्टिक टनेल वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले कृषिलाई परम्परागत तरिकाबाट व्यावसायिकतर्फ लैजाने चाहना अनुरुप पालिकाले काम गरिरहेको जानकारी दिनुभयो । उपाध्यक्ष रमादेवी राईले ‘एक घर एक करेसाबारी’ कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>