देश/प्रदेश
गणेश नेपालीको निधनमा दीपकराज गिरी र सीताराम कट्टेलले के लेखे ?

काठमाडौँ, असार २६-
काठमाडौँको त्रिपुरेश्वरमा हिजो (बिहीबार) आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ । उनको वीर अस्पतालमा उपचारको क्रममा निधनको विषयमा सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको छ ।
यस्तैमा कलाकार दीपकराज गिरीले पनि यो घटनामा सरकारको आलोचना गरेका छन् । उनले गणेश नेपालीको मृत्युको दोषी सरकार रहेको आशय व्यक्त गर्दै सरकारको पहिलो विकेट पतन भएको बताएका हुन् । उनी लेख्छन्, ‘अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ ।’
त्यस्तै अर्का कलाकार सीताराम कट्टेल धुर्मुसले पनि फेसबुकमा स्ट्याटस लेख्दै गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्ने बताएका छन् । सिताराम लेख्छन्, ‘गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली । लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बीच बाँचिरहेको म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु । राज्य सबै नागरिकको साँचो अभिभावक बनोस् ।’



























