देश/प्रदेश

डण्डा सुरक्षा गुल्मको सक्रियता बढेसँगै एक करोड ७० लाखभन्दा बढीका सामान बरामद

Banner

सिद्धार्थनगर (भैरहवा), असार २६-

नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित डण्डामा रहेको सशस्त्र प्रहरी बलअन्तर्गत सुरक्षा गुल्मले पछिल्लो दुई महिनामा रु एक करोड ७० लाख ६१ हजार १४६ मूल्यको सामान बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।

गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईले गत जेठ ८ गतेदेखि आजसम्म स्थानीय भन्सार छली गरी भारतबाट नेपाल ल्याउँदै गरेका लत्ताकपडा, हार्डवेयर तथा शृङ्गारका सामग्री, फलफूल, पेयपदार्थ, किराना तथा मेसिनरीलगायत सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा नियमित गस्ती, जाँचपड्ताल र सूचना सङ्कलनसहित अन्तरनिकायसँगको सहयोग, सहकार्य र समन्वयबाट उल्लेख्य परिणामका सामान जफत गर्न सम्भव भएको स्पष्ट गर्दै उहाँले पछिल्ला दिनमा लागुऔषध ओसारपसार, चोरी–तस्करी, राजस्व चुहावट एवं सीमा नाकामा हुने अवैध गतिविधि नियन्त्रणमा आएको दाबी गर्नुभयो ।

सो गुल्मको सक्रियतामा स्थानीय बासिन्दा, व्यवसायी, भन्सार एजेन्ट, यातायात व्यवसायी, सञ्चारकर्मी तथा अन्य सरोकारवालासँग नियमित अन्तरक्रिया र छलफल हुन थालेसँगै डण्डा क्षेत्रस्थित सीमा सुरक्षा व्यवस्था थप व्यवस्थित र प्रभावकारी भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>