देश/प्रदेश
लागुऔषधसहित २० जना पक्राउ
०

काठमाडौँ,असार २६ –
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई÷दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक÷एक जना पक्राउ परेका हुन् ।
प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध चरेस, खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन र स्पास्मो बरादम गरेको छ । उनीहरूलाई गत बुधबार र बिहीबार पक्राउ गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























