देश/प्रदेश

पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका गणेशको निधन

Banner

काठमाडौं, असार २६-

आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ । उनको आज उपचारकै क्रममा निधन भएको वीर अस्पतालले जनाएको हो । काठमाडौंका एसपी पवन भटटराईका अनुसार उनलाई अस्पतालले मृत घोषणा गरेको छ ।

उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ६५ देखि ७० प्रतिशत जलेको थियो ।

नेपालीको निधनपछि प्रहरीले घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरप्रहरीका ३ जना नगर प्रहरीलाइ नियन्त्रयणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>