देश/प्रदेश

जेम्स स्कूलमा अत्याधुनिक ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’को शुभारम्भ

Banner

ललितपुर,असार २६-

ललितपुर धापाखेलमा रहेको जेम्स स्कुलले आफ्नो अत्याधुनिक ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’को उद्घाटन गरेको छ ।

२१औँ शताब्दीको द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा अत्याधुनिक उक्त ल्याब विद्यार्थीहरुका लागि महत्वपूर्ण कोसेढुंगा हुने अनुमान गरिएको छ ।

उद्घाटन समारोहमा थ्रिडीआई स्कुल, न्युजिल्यान्डका निर्देशक डा. क्रेग हान्सन, थ्री डिआई स्कुल नेपालका प्रतिनिधिहरू, विद्यालयका शैक्षिक तथा प्रशासनिक नेतृत्वकर्ताहरू, अभिभावक र शुभेच्छुकहरूको उपस्थिति थियो।

सृजनशीलता, नवप्रवर्तन र प्रयोगात्मक सिकाइलाई प्रवद्र्धन गर्ने साझा उद्देश्यका लागि उक्त अवसरलाई उत्सवका रूपमा मनाएका थिए ।

प्राथमिक र माध्यमिक तहका विद्यार्थीहरूका लागि स्थापना गरिएका यी दुई इन्क्युबेसन ल्याबहरूलाई ‘डिस्कभर’ (पत्ता लगाउने), ‘डिजाइन’ (नक्साङ्कन गर्ने) ‘डेभलप’ विकास गर्ने र ‘इनोभेट’ नवप्रवर्तन गर्ने थलोका रूपमा विकास गरिएको विद्यालयले जनाएको छ ।

यहाँ विद्यार्थीहरूले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल फेब्रिकेसन, कोडिङ, इन्जिनियरिङ, सिर्जनात्मक कला र अन्तरविषय समस्या समाधानका माध्यमबाट प्रत्यक्ष रूपमा सिक्न पाउनेछन्।

कार्यक्रममा बोल्दै शैक्षिक निर्देशक डा। राजीव क्षेत्रीले नवप्रवर्तन अब प्रविधिमा मात्र सीमित नरही, एक मानसिकता भएको बताए ।

जसका कारण जिज्ञासा, आलोचनात्मक सोच र अर्थपूर्ण सहकार्यलाई बढावा दिने उनको भनाइ छ ।

यस्ता प्रयोगशालाहरूले विद्यार्थीहरूलाई अर्थपूर्ण प्रश्नहरू सोध्न, प्रयोग गर्न, असफलताबाट सिक्न र वास्तविक विश्वका चुनौतीहरूको समाधान खोज्न सक्षम बनाउने थलो बन्ने क्षेत्रीले बताए ।

उनले यस पहललाई सफल बनाउन सहयोग गर्ने बोर्ड अफ डाइरेक्टर्स, अभिभावक, शिक्षक र सम्पूर्ण विद्यालय परिवारप्रति कृतज्ञता व्यक्त गरे ।

थ्रीडिआई स्कुलका प्राविधिक निर्देशक जगदीश लोलोगुले प्रयोगशालाको महत्त्वबारे प्रस्ट पार्दै भने,‘यी ल्याबहरूले विभिन्न उमेर समूहका विद्यार्थीहरूलाई सोधखोजमा आधारित सिकाइ, प्रोटोटाइप बनाउने र कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर दिनेछन् ।’

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई उद्यमशीलता र डिजाइन सोचसँग जोडेर प्रयोगशालाहरूले विद्यार्थीहरूलाई भविष्यका लागि तयार पार्ने लक्ष्य राखेका विद्यालय परिवारको भनाई छ ।

मुख्य वक्ता डा। क्रेग हान्सनले वर्तमानका युवा विद्यार्थीहरूलाई भविष्यमा आउने त्यस्ता रोजगारीका अवसरहरूका लागि तयार रहन आवश्यक पर्ने सीप विकास गर्नुपर्नेमा जोड दिए ।

रिबन काटेर र शिलालेख अनावरण गरी कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो। सहभागिहरुले प्रयोगशालाको अवलोकन, अन्तरक्रिया र प्रयोगशालाले प्रदान गर्ने विभिन्न अवसरहरूको प्रस्तुत गरिएको थियो ।

डिआई इन्क्युबेसन ल्याबको शुभारम्भसँगै जेम्स स्कुलले पाठ्यपुस्तकभन्दा बाहिरको शिक्षामा ठूलो फड्को मारेको छ । जसले अन्वेषण, सृजनशीलता, सहकार्य र जीवनपर्यन्त सिकाइलाई प्रोत्साहन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>