देश/प्रदेश

‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने तीन जना पक्राउ

Banner

काठमाडौँ, २५ असारः

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका-८ घर भएकी ३६ वर्षीया दिलमाया गैरे, भक्तपुरको चाँगुनारायण नगरपालिका-५ घर भएका २८ वर्षीय सन्देश ढुङ्गाना र कास्कीको रूपा गाउँपालिका-१ घर भएका ३० वर्षीय विशाल खवास राना रहेका छन् ।

पक्राउ परेकामध्ये दिलमायाले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु सात लाख, सन्देशले क्रोएसिया पठाइदिन्छु भन्दै दुई जनाबाट रु १६ लाख र विशालले सर्विया पठाइदिन्छु भन्दै एक जनाबाट रु दुई लाख लिइ सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिलमायालाई काठमाडौँ महानगरपालिका-१३ बाट, सन्देशलाई भक्तपुर चाँगुनारायण नगरपालिका-७ बाट र विशाललाई काठमाडौँ महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये दिलमायालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने सन्देश र विशाललाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>