तनहुँ

सेती नदीमा महिलाको शव

Banner

दमौली (तनहुँ), असार २५ –

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हिलेटारस्थित सेती नदीमा आज बिहान एक महिलाको शव फेला परेको छ ।

नदीछेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>