देश/प्रदेश

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा

Banner

भजनी (कैलाली), असार २३-

नदी उत्खनन्का कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा परेको छ ।

प्रेमनगरकी आशा सोनाहाको कर्णाली नदी उत्खननले पेसा सङ्कटमा परेको हो । त्यसो त, उक्त बस्तीका अन्य सोनाहाको दैनिकी पनि सुन खोज्ने र माछा मारेर नै बित्ने गर्छ । उक्त जातिको आर्थिक स्रोत नै कर्णाली नदीमा भेटिएको सुन अनि माछा हो ।

“हाम्रो पेसा नदी किनारमा सुन खोज्ने, माछा मार्ने हो । वस्ती पनि नदी किनारमै हुन्छन् । पुर्खाले सुन खोजेर माछा मारेर जीवनयापन गर्नुभयो । हामीले पनि यही काम गरेका छौँ”, आशाले भन्नुभयो, “नदीको उत्खननले पेसा सङ्कटमा पर्न थालेपछि आजभोलि ज्यालादारी काम गर्न, बाध्य छौँ ।”, “पूर्खाले गरेको काम नदी उत्खनन्का कारण लोप हुने त होइन भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो ।

कर्णाली नदीमा समूहमा सुन खोज्न व्यस्त सुनिता सोनाहाले ज्यालादारी गरेरभन्दा सुन खोजेर बढी आम्दानी हुने गरेको बताउनुभयो ।

प्रेमनगरमा १० परिवार यही पेसामा आबद्ध छन् । सोनाहा सानो तथा सीमान्तकृत आदिवासी समुदायमध्ये एक मानिन्छ । कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा बसोबास रहेको यो सोनाहा जाति लोपोन्मुख जातिभित्र पर्छ ।

सङ्गीता सोनाहाले जताततै नदी उत्खनन बढेपछि युवा पुस्ता पुरानो पेसा छोड्न बाध्य भएको बताउनुहुन्छ । पहिलेपहिले एउटै समूहले दिनका २० लालसम्म सुन भेटाएको सङ्गीताले बताउनुभयो । नदी उत्खनन्ले अहिले सुन भेटाउन मुस्किल छ भन्नुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>