देश/प्रदेश
सर्लाहीका किसानलाई अनुदानमा कृषियन्त्र वितरण
०

बरहथवा (सर्लाही), असार २३-
बागमती नगरपालिकाले ३८६ किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।
कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत ८३ थान मकै रोप्ने मेसिन र ३०३ थान औषधि छिट्ने ९स्प्रे० कृषकलाई वितरण गरिएको हो ।
किसानका मागअनुसार नगरले ५० प्रतिशत अनुदानमा उक्त उपकरण वितरण गरेको नगरका कृषि शाखा प्रमुख अवधेश झाले जानकारी दिनुभयो । ‘‘राष्ट्रिय कृषि आधुनिकीकारण परियोजनाले यस क्षेत्रलाई मकै सुपर जोन घोषणा गरेको छ’’, प्रमुख झाले भन्नुभयो, ‘‘किसानले निकै समयदेखि उक्त उपकरण माग गरिरहनुभएको थियो । सोहीअनुसार रु चार हजार ९४५ मा मकै रोप्ने मेसिन र रु एक हजार ९१० मा औषधि छिट्ने मेसिन वितरण गरिएको हो ।’’
नगरको रु नौ लाख ८५ हजार १६५ लागतमा उपकरण वितरण गरिएपछि किसान उत्साहित भएका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























