देश/प्रदेश

दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग

Banner

काठमाडौँ, असार २२-

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्णाली राजमार्गको जोखिम न्यूनीकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभाको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले दुग्ध विकास समितिमा भएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र किसानलाई समयमा भुक्तानी दिन माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का राजेन्द्रकुमार राईले धनकुटामा सात हजार किसानले दूधको भुक्तानी नपाएको गुनासो गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले बजारमा पूरा ग्यास सिलिण्डर नपाउँदा उपभोक्ता ठगीमा परेकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विदुषी राणाले कर्णाली प्रदेशका दुर्गम स्थानलाई प्राथमिकता राखी सञ्चार सुविधा सहज बनाउन आग्रह गर्नुभयो ।

नेकपाका महेन्द्रबहादुर शाहीले कर्णाली राजमार्गको उच्च जोखिम क्षेत्रलाई ध्यानमा दिएर दुर्घटना न्यूनीकरणका लागि लाग्न आग्रह गर्नुभयो ।

नेकपाकै बलावती शर्माले बाँदरलगायत वन्यजन्तुले घरभित्रै पसेर खाद्यान्न खाइदिने र किसानको उब्जनीमा पारेको असरबारे गम्भीर हुन आग्रह गर्नुभयो ।

रास्वपाकै विना गुरुङले घान्द्रुकलाई अन्तरराष्ट्रिय पर्यटकीय स्थलमा रूपमा विकास गर्न आग्रह गर्नुभयो ।

रास्वपाका बुद्धरत्न महर्जनले ललितपुरको बागमती गाउँपालिकामा पहिरो र सडक असुविधाका कारण आवागमनमा हरेक वर्ष समस्या हुँदै आएको जानकारी गराउनुभयो ।

रास्वपाका भरतप्रसाद पराजुलीले भूमिहीनलाई चाँडो लाजपुर्जा दिन माग गर्नुभयो ।

नेपाली कांग्रेसका भरतबहादुर खड्काले जाजरकोट भूकम्पपीडितको हालसम्म घर नबनेको विषयमा ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका मनमाया विकले दलित समुदायमाथि भइरहेको हिंसा र विभेद अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

रास्वपाका माधवबहादुर थापाले सरकारी अस्पतालमा मेडिकल सामग्रीका कारण उपचारमा समस्या भएको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका मोहन आचार्यले रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रभावित समुदायलाई दिनुपर्ने सुविधा नदिएको गुनासो गर्नुभयो ।

रास्वपाका रञ्जु न्यौपाने काठमाडौँ निर्वाचन क्षेत्र १ नं मा वर्षाले डुबान हुने गरेको विषयमा ध्यानाकर्षण गर्नुभयो ।

रास्वपाका राजकिशोर महतो कोइरीले क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव हुँदा हजाराँै नागरिक प्रभावित भएको बताउनुभयो ।

एमालेकै रिँगला यादवले सुस्तावासी जनताले नेपाली भूमिको रक्षार्थ खेलेको भूमिकाबारे सरकार बेखबर हुन नहुने धारणा राख्नुभयो ।

बैठकको सोही समयमा सांसदहरु रमेश प्रसाईं, मोहनलाल आचार्य, डा फिरदोश आलम, रीना उप्रेती ९केसी०, रुक्मिणीदेवी कोइराला, रुविना आचार्य, रेनुका काउँचा, भूमिका श्रेष्ठ, मनिष खनाल, रास्वपाका राजन गौतमलगायतले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>