खेलकुद
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
०

काठमाडौं, असार २२-
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछ। अक्सनका लागि अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुनेछन्।
यसपटक अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये छनोट प्रक्रियापछि १५५ जना अन्तिम सूचीमा समावेश भएका हुन्।
अन्तिम सूचीमा रहेका खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ। श्रेणी ‘ए’ मा ५, श्रेणी ‘बी’ मा २७ र श्रेणी ‘सी’ मा १२३ खेलाडी रहेका छन्।
एनपीएलको पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























