समाचार
करिब १७५ किलो गाँजासहित एक जना पक्राउ
०

काठमाडौं,असार २२ –
प्रहरीले करिब १७५ किलो गाँजासहित एक जना पक्राउ गरेको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका-६ माङमायाबाट लागूऔषध गाँजा करिब १७५ किलो ५७० ग्राम सहित सोही नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को.२ त ४८९८ नम्बरको ट्याक्टरलाई जाँच गर्दा २२ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याक्टरमा सवार उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























