देश/प्रदेश

कोशी प्रदेश सभाः विनियोजन विधेयकमाथि छलफल जारी

Banner

विराटनगर, असार २०-

कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथिको छलफलले निरन्तरता पाएको छ ।

छलफलमा कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर, राधाकृष्ण खनाल, गीता तिमल्सेना, राजन किराती, गणेश उप्रेती र विनोद राईले प्रस्तुत विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

सभामा सामाजिक विकासमन्त्री रामप्रसाद महतोले ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सभा प्रस्तुत गर्नुभयो ।

विधेयकमा कुनै पनि संशोधनको प्रस्ताव दर्ता नभएपछि सभामुख अम्बरबहादुर विष्टले स्वीकृत भएको र प्रस्तावको रूपमा प्रस्तुत भएको घोषणा गर्नुभयो ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट होमबहादुर थापाले प्रजातान्त्रिक मूल्य र मान्यताका आधारमा सरकारले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

वर्तमान परिस्थितिमा प्रजातान्त्रिक शक्तिहरू एक ठाउँमा उभिन ढिलो गर्न नहुने भन्दै उहाँले साङ्गठनिक रूपमा दलहरू एक नभए व्यवस्थामा समस्या आउने धारणा राख्नुभयो ।

गरिबी निवारण गरी कोशी प्रदेशको जनताको जीवनस्तर उकास्न सरकारलले सन्तुलित बजेट तर्जुमा गर्नुपर्ने धारणा राख्दै उहाँले सन्तुलित बजेटको अभावमा जनतामा निराशा बढ्ने र प्रदेश संरचनाप्रति जनताको अनादर बढ्ने चिन्ता व्यक्त गर्नुभयो ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभाका सदस्य गीतादेवी रेग्मी, कमला थापा मगर, गोम्बू शेर्पा, राजेन्द्र कार्की, नारायणबहादुर मगर, खिनु लङ्वा लिम्बूले प्रदेशको मौजुदा समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>