देश/प्रदेश
दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
०

झापा, असार १९-
मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट करिब रु ४२ लाख बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय चुडामणी गुरागाईंको एक तले टिनको छानो र काठको बेरा भएको चार कोठे घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट घरभित्र रहेका सुनचाँदी, नगद, टेलिभिजन, अन्य सामान, लत्ताकपडा तथा अन्य विभिन्न सरसामान र घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता रज्जन आवले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























