तनहुँ
चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता ‘बेनिकोटमा’

तनहुँ, असार १९ –
बेनीकोटमा यस वर्षको चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता बेनिकोटमा आयोजना गरिने भएको छ ।
जिल्लाको व्यास नगरपालिका–१३, स्थित बेनीकोटमा सिद्धबाबा युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगिता साउन १२ देखि १६ गतेसम्म सञ्चालन हुने आयोजकले बताउनुभएको छ ।
क्लबका अध्यक्ष मनिस थापाले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र सामाजिक रूपमा सक्रिय बनाउन मद्दत पु¥याउने विश्वास लिएको बताउनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार रु ६६ हजार ६६६, द्वितीय रु ४४ हजार ४४४ र तृतीय रु २२ हजार २२२ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।
त्यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई पनि विशेष पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।
सहभागी टिमलाई दर्ता शुल्क रु पाँच हजार ५०० र प्रोटेस्ट शुल्क रु छ हजार तोकिएको छ ।



























