देश/प्रदेश
‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार
०

म्याग्दी, असार १९-
पाँच किलोवाट क्षमताको महखोला लघुजलविद्युत् परियोजनाको टर्बाइन बिग्रिएपछि जिल्लाका दुर्गम गाउँ सिस्नेरी र खवाङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
गत सोमबारदेखि बिग्रिएको टर्बाइन आजसम्म मर्मत नहुँदा दुई गाउँका सर्वसाधारणले बिजुली उपभोग गर्न नपाएका खवाङका स्थानीय चामबहादुर पुनले रासससँग दुखेसो गर्नुभयो ।
नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बिग्रेको टर्बाइन मर्मतसम्भार वा नयाँ प्रतिस्थापन गरेर ती गाउँमा बत्ती बाल्ने प्रयासमा आफूहरू रहेको जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























