देश/प्रदेश
‘नेपाली ब्रो’ र प्रेमिका आचार्य पुर्पक्षका लागि थुनामा
०

काठमाडौँ, १८ असारः
श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । साथी पुजन र भाइ विक्रमलाई भने १ लाख धरौटीमा छाड्न आदेश दिइएको छ ।
अदालतको आदेशपछि अब कारागार चलान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या प्रकरणमा थापासहित तीनजना पक्राउ परेका थिए ।
थापाका साथी पुजन र भाइ विक्रमलाई भने इजलासले एक लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
प्रहरी अनुसन्धानबाट विवाहेत्तर सम्बन्धका कारण सिर्जित कलहका कारण हत्या भएको देखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























