देश/प्रदेश
प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं ,असार १७ –
प्रतिनिधिसभा अन्तर्गत तिन संसदीय समितिको बैठक आज (बुधबार) बस्दै छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको छैटौं ६औं बैठक, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।
बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, बिहान ९ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धका साथै विविध विषयमा छलफल हुने कार्यसूची छ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक ९ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ ।


























