देश/प्रदेश

‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग

Banner

काठमाडौँ, असार १६-

हुलाक सेवासम्बन्धी कानुन ‘हुलाक ऐन, २०१९’ र नीति समयानुकूल परिवर्तन गर्न अधिकारीहरुले जोड दिएका छन् ।

हुलाक सेवा विभागले आज यहाँ आयोजना गरेको ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा अधिकारीहरुले सो धारणा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा नेपालमा हुलाक सेवाको रुपान्तरण सरकारी कुरियर सेवा, व्यावसायिकता र नवप्रवर्तन विषयक कार्यपत्र प्रस्तुत गर्नुहु्ँदै पूर्वसचिव सुरेश अधिकारीले हुलाक सेवालाई समयानुकूल अघि बढाउन कानुन र नीतिगत सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।

हुलाक सेवा विभागका निर्देशक सपनाकुमारी भट्टराईले ‘हुलाक ऐन,२०१९’ को संशोधन अनिवार्य भएको जानकारी दिनुभयो ।

नेपाल कुरियर सेवा सङ्घका अध्यक्ष अनिल राजभण्डारीले २०५० सालमा हुलाक ऐन संशोधन भएपछि नेपालमा कुरियर सेवा सुरु भएको बताउनुभयो । नेपालमा कुरियर सेवा सबै जिल्लामा पुगिसकेको छ ।

सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदाको २७ नं। बुँदामा हुलाक सेवालाई सरकारी कुरियर सेवा प्रदायकका रुपमा अघि बढाउने कुरा उल्लेख छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>