देश/प्रदेश
पाँच सय जनाले पाए सुधारिएको चुलो
०

तुलसीपुर (दाङ), असार १६ –
तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण गरेको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, हरित जलवायुकोष र तुलसीपुर उपमहानगरपालिका एवं उपभोक्ताको लागत सहभागितामा चुलो वितरण गरिएको उपमहानगरपालिकाका मुख्य सम्पर्क व्यक्ति टेकबहादुर खड्काले जानकारी दिनुभयो ।
वितरण गरिएका चुलोमा १५ प्रतिशत उपमहानगरपालिकाले, पाँच प्रतिशत उपभोक्ताको र बाँकी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र हरित जलवायु कोषले व्यहोर्ने भएको छ ।
चुलो विद्युत्को सहायताले बल्छ, जसले गर्दा दाउरा तथा गुइँठाको बचत हुने भएकाले नागरिकको चाहनाअनुसार चुलो वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























