कृषि

गोरु र रांगाले खेत जोतेर सिन्धुलीको मरिणमा परम्परागत शैलीमा रोपाइं

Banner

काठमाडौं,असार १५-

सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर परम्परागत शैलीमा रोपाइं दिवस मनाइएको छ । गाउँपालिकाको आयोजनामा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाइं दिवस मनाइएको हो ।

आधुनिक कृषि प्रणालीसँगै ट्र्याक्टरको प्रयोग बढ्दै गएका कारण यति धेरै हलगोरु एकै ठाउँमा प्रयोग गरेर गरिने रोपाइँ अहिले दुर्लभ बन्दै गएको छ । संस्कृति संरक्षण हेतु र परम्पराको निरन्तरताको लागि गाउँपालिकाकै सक्रियतामा आयोजना गरिएको रोपाइं कार्यक्रममा करिब ५ रोपनी खेतमा असारे भाकामा रोपारहरुले छुपुमा छुपु धान रोपेका थिए ।

रोपाइँसँगै सहभागीहरूले खेतमा हिलो खेल्ने, एकअर्कालाई हिलो दल्ने, असारे गीत गाउने तथा डोरी तान्ने ९टग अफ वार० लगायतका मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागी भएका थिए ।

नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाइन्छ। वर्षायामसँगै सुरु हुने धान रोपाइँलाई कृषि उत्पादन, खाद्य सुरक्षा र नेपाली कृषि संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>