खेलकुद

जोर्डनविरुद्ध अर्जेन्टिनाको २–० को अग्रता

Banner

काठमाडौं,असार १४-

फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २–० को अग्रता बनाएको छ ।

अर्जेन्टिनाका लागि खेलको १९औँ मिनेटमा मिडफिल्डर जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रिकिक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जोर्डनका डिफेन्डर मोहन्नाद अबुटाहाले डी–बक्सको ठीक बाहिर मार्कोस सेनेसीमाथि फाउल गरेपछि अर्जेन्टिनाले खतरनाक स्थानबाट फ्रिकिक पाएको थियो। उक्त अवसरलाई लो सेल्सोले आकर्षक प्रहारमार्फत सिधै गोलमा परिणत गरे ।

त्यसपछि ३१औँ मिनेटमा भिडियो सहायक रेफ्री ९भीएआर० को समीक्षापछि अर्जेन्टिनाले पेनाल्टी पायो। डी–बक्सभित्र सेनेसीमाथि फाउल भएको निष्कर्ष निकाल्दै रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त अवसरलाई स्ट्राइकर लाउटारो मार्टिनेजले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

यसअघि नै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको अर्जेन्टिनाले यस खेलमा कप्तान लियोनेल मेस्सीलाई विश्राम दिएको छ। मेस्सी सुरुआती रोजाइमा नरही बेन्चमा रहे पनि अर्जेन्टिनाले खेलभर बलमाथि नियन्त्रण कायम राख्दै जोर्डनमाथि निरन्तर दबाब सिर्जना गरेको छ । जोर्डन भने पहिलो हाफमै गोल फर्काएर खेलमा पुनरागमन गर्ने प्रयासमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>