देश/प्रदेश

अट्ठाइस लाख खर्चेर विद्यालय भवन निर्माण

Banner

म्याग्दी, असार १३ –

बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले रु २८ लाख ६३ हजारको लागतमा भवन र शौचालय निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार ब्रिटिस गोर्खा वेल्फेयरले रु २४ लाख ७५ हजार सहयोग गरेको छ भने बाँकी रकम विद्यालयले श्रमदान र नगद लगानीबाट गरेको छ ।

पुरानो भवन जीर्ण र साँघुरो भएपछि पठनपाठनमा समस्या भएको थियो । नयाँ भवन बनेपछि पठनपाठन सहज भएको छ । प्रअ सुवेदीका अनुसार कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५५ जना विद्यार्थी अध्ययनरत छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>