राजनीति
‘लागुऔषधको ओसारपसार र दुरुपयोग न्यूनीकरण गर्न सबै संरचना परिचालन गरिने’

काठमाडौँ, असार १२ –
गृहमन्त्री सुधन गुरुङले लागुऔषधलाई सामाजिक चुनौतीका पमा लिँदै सरकारले ‘लागुऔषधको अन्त्यको सुरुआत गर्ने अभियान’ सञ्चालन गर्ने नीति लिएको बताउनुभएको छ ।
अन्तरराष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले लागुऔषधको ओसारपसार र दुरुपयोगसम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताउनुभयो । “अन्तर९निकाय समन्वय बढाइनेछ र कानुनी सुधारका काम निरन्तर हुनेछन्”, गृहमन्त्रीले भन्नुभयो ।
लागुऔषधको ओसारपसार र दुरुपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा वारपार हुने सङ्गठित अपराध पनि भएकाले यसको न्यूनीकरणका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्ने गृहमन्त्री गुरुले बताउनुभयो ।
लागुऔषध दुर्व्यसनीमुक्त समाज बनाउन मन्त्रालयले यसको रोकथाम, नियन्त्रण र दुर्व्यसनीमा फसेकालाई उपचार गरी समाजमा पुनःस्थापना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको गृहमन्त्रीले बताउनुभएको छ । “यो सामाजिक चुनौतीको समाधान सरकारको एक्लो प्रयासले मात्र सम्भव छैन । तसर्थ, स्थानीय समुदायले अगुवाइ गर्न र युवापुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउन नागरिक समाज र सञ्चारमाध्यमलाई सामाजिक साझेदारीका लागि समेत पुनः आह्वान गर्दछु”, उहाँले सन्देशमा भन्नुभएको छ ।
यसैबीच, दिवसका अवसरमा आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले लागुऔषधको उत्पादन, वितरण र उपभोगको श्रृङ्खला तोड्ने गरी काम भइरहेको स्पष्ट पार्नुभयो । “लागुऔषध उत्पादन रोक्नुपर्छ, मूलमा नै रोकियो भने त्यसपछिका ठाउँका असर कमजोर हुँदै जान्छन् । वितरण रोक्न सक्यौँ भने व्यक्तिसम्म पुग्दैन, प्रयोगकर्तालाई प्रयोगबाट निरुत्साहित गर्न सकियो भने ठूलो सफलता हुन्छ”, उहाँले भन्नुभयो ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागुऔषध अनुसन्धान र नियन्त्रणतर्फ वार्षिक औसत चार हजार मुद्दा दर्ता र आठ हजारको हाराहारीमा अभियुक्त पक्राउ पर्ने गरेका तथ्याङ्क प्रस्तुत गर्नुभयो । चालु आवको हालसम्म पाँच हजार ४७ लागुऔषध मुद्दा दर्ता भएका र सोसम्बन्धी कसुरमा सात हजार ७२५ नेपाली, भारतीय ३२८ र अन्य १५ गरी आठ हजार ६८ जना पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लागुऔषध राष्ट्रिय सुरक्षा, सामाजिक स्थायित्व, आर्थिक समृद्धि तथा भावी पुस्ताको भविष्यसँग जोडिएको बहुआयामिक चुनौतीका पमा खडा भएको बताउनुभयो । “सीमापार अवैध ओसारपसार, सङ्गठित आपराधिक समूहको संलग्नता तथा आधुनिक प्रविधिको दुरुपयोगले सो समस्यालाई थप जटिल बनाउँदै लगेको छ । लागुऔषध नियन्त्रण तथा सीमापार ओसारपसार रोकथाममा सशस्त्र प्रहरी निरन्तर क्रियाशील छ”, उहाँले भन्नुभयो ।
लागुपदार्थ प्रयोगकर्ता सर्वेक्षणअनुसार सन् २००६ मा नेपालमा प्रयोगकर्ता ४६ हजार ३०९ रहेकामा सन् २०२४ सम्म आइपुग्दा यो सङ्ख्या करिब एक लाख ५६ हजार पुगको अुनमान गरिएको छ । कार्यक्रममा लागुऔषध दुर्व्यसनीलाई समाजमा पुनःस्थापना गराउन भूमिका निर्वाह गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो । सोअवसरमा गृह मन्त्रालयले प्रकाशन गरेको ‘सुरक्षित जीवन’ जर्नल विमोचन गरिएको थियो । रासस


























