देश/प्रदेश

विराटनगरमा भारतबाट अवैध रूपमा भित्र्याइएका दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट

०
Banner

विराटनगर,कात्तिक १८ –

सशस्त्र प्रहरीले विराटनगरमा भारतबाट अवैध रूपमा भित्र्याइएका रु दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट गरिएको छ ।

तिहारको समयमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएका पटका नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङबाट खटिएको सीमा नाका ड्युटी टोलीले विभिन्न समयमा बरामद गरी गुल्ममा ल्याएर राखेको पटका मंगलवार नष्ट गरिएको हो ।

गुल्मका अनुसार स्थानीयवासीको रोहबरमा गुल्म परिसरभित्र खाडल खनी उक्त पटका नष्ट गरिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>