चितवन विशेष

चितवनमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ, ३३ हजार ९९० रुपैयाँ बरामद

०
Banner

चितवन,कात्तिक १८ –

चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नवीन चोकबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले २०८३ साल कात्तिक १८ गते राति करिब १ बजे जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ निवासी २८ वर्षीय सुरज गुरुङ, ३१ वर्षीय चन्द्रबहादुर गुरुङ, ३३ वर्षीय विश्वास गुरुङ, २३ वर्षीय विक्रम गुरुङ र ३० वर्षीय सुरज बाबु बानियाँ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नगद ३३ हजार ९९० रुपैयाँ र तासका दुई बुक बरामद गरेको जनाएको छ।

पक्राउ परेका पाँचै जनामाथि जुवा कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>