देश/प्रदेश

राष्ट्रिय क्रिकेट प्रतियोगिता आज सेमिफाइनका खेल हुँदै

Banner

जनकपुरधाम, असार १२-

मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ ।

जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा फाइनल प्रवेशका लागि आज बिहान ९ः०० बजे हुने सेमिफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

वीरगञ्जस्थित टिबी शाह क्रिकेट ग्राउण्डमा हुने दोश्रो सेमीफाइनलमा कोशी प्रदेश र बागमती प्रदेश आमुन्ने सामुन्ने हुने मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

कोशी प्रदेश र लुम्बिनी प्रदेश समूह ‘ए’ को विजेता र उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेको हो भने नेपाल एपीएफ क्लब र बागमती प्रदेश समुह ‘बी’ को विजेता तथा उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।

मधेस प्रदेश सरकारको खेलकुद तथा समाज

कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनामा सुरु भएको प्रतियोगितामा सात वटा प्रदेश र बिभागीय टिम एपीएफ टिम गरी आठ टिमको सहभागिता छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>