देश/प्रदेश
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
०

जुम्ला, असार १२-
जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ ।
सवारी नियम उलङ्घन, मादकपदार्थ सेवनलगायतका कार्य गरेबापत चालकलाई गरिएको कारबाहीबाट सो परिमाणको राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतले जानकारी दिनुभयो ।
यस अवधिमा जिल्लामा ६८ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइको छ । पछिल्लो समयमा बढिरहेको सहरीकरणले जुम्लामा पनि सवारी साधनको चाप बढ्दै गएको ट्राफिक कार्यालय जुम्लाले जनाएको । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























