देश/प्रदेश

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ

Banner

काठमाडौँ, ११ असारः 

गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा काठमाडौँको साविक मातातिर्थ गाविस–७ की ४७ वर्षीया   चेतन एएम पौडेल पक्राउ परेकी छिन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)बाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरी नगरपालिका–८ स्थित एक स्वास्थ्य संस्थाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार चन्द्रागिरी–८ मा सञ्चालित ‘स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट’मा पौडेल आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गर्दै आएको र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्रबिनै बिरामीको आधुनिक चिकित्सा पद्धतिअनुसार निदान तथा उपचारमा संलग्न रहेको खुलेको छ ।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तरगत इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>