देश/प्रदेश

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

Banner

मान्म (कालीकोट), असार ११ –

कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीरबाट खसेको ढुङ्गा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो । निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>