देश/प्रदेश

टरिगाउँ विमानस्थलका लागि २५ करोड

Banner

तुलसीपुर (दाङ),असार ११ –

दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि रु २५ करोड विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि रु २५ करोड समावेश भएको हो ।

विमानस्थलको धावनमार्गलाई दुई हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका सांसद कमल सुवेदीले बताउनुभयो । उहाँका अनुसार विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तरवृद्धि गरिनेछ ।

“विमानस्थलमा विगतमा ठूलो बजेट आउन सकेको थिएन । जसले गर्दा उक्त विमानस्थल विस्तार हुन सकको थिएन । हाल विमानस्थलको धानवमार्ग ७५० मिटर मात्रै हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले यहाँ १९ सिटे ट्विनअटर मात्रै अवतरण गर्छ । हप्तामा चार दिन उडान भर्ने भनिए पनि नियमित हुन सकेको छैन”, सांसद सुवेदीले भन्नुभयो । स्थानीयस्तरबाट यात्रुले सहज सेवा प्राप्त गर्न सकून् भनेर बजेट व्यवस्थापनका लागि पहल गरिएको उहाँको भनाइ छ ।

धावनमार्ग विस्तार गरेमा ठूला जहाज बस्ने र नियमित उडान भर्न सक्ने भन्दै यस क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिले पटकपटक पहल गर्दै आएका थिए । टरिगाउँमा नियमित हवाई उडान नहुँदा यस क्षेत्रका यात्रु नेपालगञ्ज वा भैरहवा जाने गरेका छन् । टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>