देश/प्रदेश
पुल बनेसँगै जनतामा खुसियाली
०

भजनी (कैलाली), असार १० –
कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि यहाँका स्थानीयलाई हिँड्डुल गर्न सजिलो भएको छ ।
सात सय ५२ मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुल निर्माण भएपछि यहाँका जनतामा खुसी आएको छ ।
पुल निर्माणका लागि नेपाल सरकारको रु एक अर्ब चार करोड र बाटो तथा नदी नियन्त्रणका लागि थप रु १४ करोड गरी रु एक अर्ब १८ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । दैनिक कामकाजका लागि ओहोरदोहोर गर्ने स्थानीयलाई पक्की पुल निर्माण भएसँगै दैनिक नदी वारपार गर्दा लाग्ने ढुङ्गाको पैसा तिर्न नपर्ने भएको छ ।
“टीकापुर हाम्रा लागि नजिकको बजार बनेको छ”, गेरुवा गाउँपालिकाकी शान्ती चौधरी भन्नुहुन्छ, “ओहोरदोहोर गर्ने स्थानीयलाई दैनिक नदी वारपार गरेबापत ढुङ्गाको खर्च जोगिएको छ ।”
टीकापुरका शन्तलाल कठरियाले भन्नुभयो, “एकातिर त्यो डुङ्गालाई बुझाउनुपर्ने पैसाको बचत भयो, अर्कोतिर कुनै जोखिम बहन नगरी आवतजावत हुने भयो ।” उहाँले कैलाली र बर्दियाको व्यापारिक सम्बन्ध झन मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । गेरुवाको मुख्य बजार शान्तीबजारदेखि सनकट्टी पुलसम्म्को सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको स्थानीय प्रकाश चौधरीले जानकारी दिनुभयो ।
निर्माण भइरहेको उक्त पुललाई आवागमन सँगसँगै पर्यटन क्षेत्रसँग जोड्न सकिने विश्वाससमेत गरिँदै आएको छ । जनशक्ति सामुदायिक वनभित्र कर्णाली नदीको अवलोकन गर्न सकिने गरी भ्यूटावर निर्माण गरिएको छ ।
पुलबाट कर्णाली नदीले बनाएका फाँटहरुको अवलोकन गर्न सकिनेछ । “पर्यटकीय क्षेत्र टीकापुर पार्क पुगेको पर्यटक थप मनोरञ्जनका लागि सनकट्टी पुग्नसक्ने सम्भावना छ”, स्थानीय पुष्कल विश्वकर्माले भन्नुभयो, “अझै जलमार्गको प्रयोग गर्ने पर्यटकलाई झन सहज हुन सक्छ ।” रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>




















