समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Banner

काठमाडौं ,जेठ २९-

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ घर भएका ५२ वर्षीय प्रशान्त राम नकर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंको २०८२ मंसिर १० गतेको फैसलाले उक्त मुद्दामा ७ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>