देश/प्रदेश

‘विपद् व्यवस्थापनमा कानुन बाधक’

Banner

काठमाडौँ, जेठ २८-

गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा केही कानुन बाधकका रुपमा देखिएको बताउनुभएको छ ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा ऐन नै बाधक भएको बताउनुभयो । अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्वबजारमा सुविधा सम्पन्न उपकरणको उपलब्धता भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न नसकिने अवस्था देखिएको उहाँले बताउनुभयो ।

“अहिले २०० किलो ‘लिफ्टिङ’ गर्ने ड्रोन आएका छन् । सार्वजनिक खरिद ऐनअनुसार सो उपकरण किन्न डेढ महिनाभन्दा बढी चाहिन्छ, प्रक्रिया पु¥याएर खरिद गर्दा मनसुन सकिन्छ”, गृहमन्त्री गुरुङले भन्नुभयो, “यो कस्तो ऐन हो रु काम गर्न सजिलो हुनेगरी ऐन बनाइदिएको भए हामीले पनि केही गथ्र्यौँ होला ।”

आफू एक दशकदेखि विपद्का समयमा नागरिकको सेवामा खटिँदै आएको स्मरण गर्दै मन्त्री गुरुङले सिन्धुपाल्चोकमा र काभ्रेपलाञ्चोकमा पहिलो पटक उच्च भारवहन क्षमताको ड्रोनमार्फत राहत वितरण गरिएको बताउनुभयो । उहाँले उपत्यकाका नदी किनारमा जोखिमयुक्त अवस्थामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउनुभयो । नदी किनाराबाट होल्डिङ सेन्टरमा राखिएका नागरिकको अवस्था बुझ्न स्थलगत अनुगमन गर्ने तयारीमा रहेको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>