देश/प्रदेश

संसदमा सीताले सुनाइन ‘देश बिर्सिएको दिन’ शिर्षकको कविता

Banner

काठमाडौं, जेठ २८-

प्रतिनिधिसभाको विहीबारको बैठकमा नेपाली कांग्रेसकी सांसद उर्मिला९सीता०थपलियाले कविता वाचन गरेकी छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन् । बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।

उनले देश बिर्सिएको दिन शीर्षकको कविता सुनाएकी हुन् ।

देश बिर्सिएको दिन

तिमीले देश बनाउँछु भन्यौ

म ढुक्क थिएँ

तर एकाएक

तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै

आफ्नै आमाको

अस्मितामाथि औँला उठायौ !

माटो छोएर कसम खायौ

तर

त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ

अनि आमाको महिमा गाइरह्यौ

तर सन्तान हुनुको कर्तव्य भुल्यौ

काख र कोखको माया बिर्सियौ !

त्यसैले आज म ढुक्क होइन

मेरो मन देशको चिन्ताले

ढुकढुक भैरहेको छ । ।

स्वार्थले प्रेरित भएपछि

सायद धेरै कुरा बिर्सन सकौला

तर नबिर्स

तिमीमाथि असीम भरोसा बोकेर

मतको भारी बिसाउने जनतालाई नबिर्स

जनता उभिएको माटोलाई नबिर्स

तिमीलाई आशिष दिने

ति बा–आमालाई नबिर्स !!!

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने

एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ

र जुन दिन देश बिर्सिन्छौ

त्यो दिन

तिमि कस्को शासक बन्नेछौ ?

भन

त्यो दिन तिमि

कस्को शासक बन्नेछौ ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>