देश/प्रदेश
देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जना पक्राउ
०

काठमाडौँ, जेठ २७ –
प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौँबाट दुई÷दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक÷एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुका साथबाट लागुऔषध अफिम, खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन बरामद गरेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























