देश/प्रदेश

अभिलेख सुरक्षित राख्न  निर्देशन

Banner

काठमाडौँ, जेठ २६ –

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले कानुनले तोकेअनुसार गुम्बाभित्रका पुरातात्विक महत्वका सामग्री तथा सार्वजनिक सम्पत्तिको विवरण सङ्कलन नगरेको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ ।

समिति (गठन)पहिला संशोधन आदेश, २०७५ का दफा ४ मा समितिको काम, कर्तव्य र अधिकारअन्तर्गत बौद्ध दर्शनको अनुसन्धान, विकास एवं प्रवर्द्धनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने तथा गुम्बाभित्रका पुरातात्विक महत्वका सामान र सार्वजनिक सम्पत्तिको विवरण सङ्कलन गरी अद्यावधिक अभिलेख राख्नुपर्ने व्यवस्था छ ।

त्यस्ता सामग्रीको सुरक्षाको आवश्यक व्यवस्था गर्ने जिम्मेवारी पनि समितिकै हो । समितिले बौद्ध दर्शनका अनुसन्धानका कार्यहरू देखिने गरी प्रकाशन तथा प्रसारणको अद्यावधिक अभिलेखसमेत छैन ।

गुम्बाभित्रका पुरातात्विक महत्वका मूर्तिलगायतका वस्तुको सुरक्षाका लागि कुनै वैज्ञानिक संयन्त्र निर्माण भएको नदेखिएको महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनमा उल्लेख छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>