देश/प्रदेश

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य नेपाल बन्न सक्छ : मन्त्री वाग्ले

Banner

काठमाडौँ, जेठ २६-

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटेल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रिनु सुखद भएको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । काठमाडौंको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटेल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उनीहरू बिच मन्त्रालयमा भेटघाट भएको हो ।

भेटमा अर्थमन्त्री डा।वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद दिए ।द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उनले बताए ।नयाँ सरकारले लगानी मैत्री वातावरणका लागि काम गरिरहेको भन्दै अर्थमन्त्री डा।वाग्लेले म्यारियट र द रिट्च कार्लटनलाई काठमाडौं बाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे ।

लगानी सुरक्षा र प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार एवम् कानुनी सहजिकरणमा सरकारले पूर्ण सहयोग गर्ने वचन पनि अर्थमन्त्रीले लगानीकर्तालाई दिए ।
अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष डेभिस म्यारियटले नेपालको विश्व स्तरीय पथ प्रदर्शक गन्तव्य र हिमालको देश भएको र त्यसलाई विश्व बजारमा थप फैलाउने काम द रिट्च कार्लटनले गर्ने बताए । नेपालमा द रिट्च कार्लटन घोषणा गर्न पाउँदा अत्यन्तै खुसी मिलेको भन्दै उनले थप लगानी विस्तार गर्ने प्रतिबद्धता पनि जनाए ।

‘नेपाल प्रचुर पर्यटन सम्भावनाको देश हो । विश्व स्तरीय ट्रेकिङ गन्तव्य र हिमालको देशलाई द रिट्च कार्लटनको उपस्थितिले सुखद सन्देश दिनेछ,’ अध्यक्ष डेभिस म्यारियटले भन्नुभयो । भेटमा सिजी हस्पिटालिटी होल्डिङस् तथा सिजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानी अवसरहरूको प्रचुर सम्भावनाको मुलुक रहेको बताउनुभयो । नयाँ सरकार बनेपछि लगानीकर्तामा उत्साह थपिएको भन्दै उहाँले सरकारबाट यथेष्ट साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

भेटमा सिजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र म्यारियट एशिया प्याशेफिक ९चीन बाहेक० का अध्यक्ष राजीव मेनन र अर्थमन्त्रीको सचिवालयका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>