देश/प्रदेश

जलवायु अनुकूलनका लागि बैङ्क, वित्तीय संस्था र बीमा कम्पनीको लगानी बढाउन आग्रह

Banner

काठमाडौँ, जेठ २५-

जलवायु न्यूनीकरण र अनुकूलनका लागि बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीले लगानी विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।

सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १.०ः शेयर द स्कोप, रेज द होप’ विषयक सम्मेलनअन्तर्गतको प्यानल छलफलमा वक्ताहरुले सो धारण व्यक्त गर्नुभएको हो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा नवराज पुडासैनीले नेपालको वन क्षेत्रको बिकासमा सामुदायिक वन उपभोक्ता र आदिवासी जनजातिको योगदान उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।

वरिष्ठ ऊर्जाविज्ञ डा रामप्रसाद धितालले स्वच्छ एवं नवीकरणीय ऊर्जामा लगानी र प्रयोग बढाउनु पर्छ भन्नुभयो ।

नेपाल बैङ्कर्स एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा, नेपाल माइक्रोफाइनान्स बैङ्कर्स एसोसिएसनका अध्यक्ष रामबहादुर यादव, सिटिजन्स लाइफ इस्न्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले र राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले हरित लगानीका लागि सबै प्रकारका बित्तिय संस्थाले सहजीकरण गर्नुपर्ने धारण राख्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>