देश/प्रदेश

सफल हुन् सहजता त्याग्न सक्नुपर्छः अभिनेता पीयुष मिश्रा

Banner

काठमाडौँ, जेठ २५-

भारतको ग्वालियरमा जन्मिएर भारतीय रङ्गमञ्च, सङ्गीत, साहित्य र चलचित्रमा स्थापित नाम हुन् पीयुष मिश्रा । ६३ वर्षीय बहुआयामिक कलाकार मिश्रालाई अभिनेताकै धेरैले चिन्ने गरेका छन् । तर, उहाँ रङ्मञ्चसँगै साहित्यमा पनि उत्तिकै सक्रिय र स्थापित नाम हुनहुन्छ । पछिल्लो समय उहाँको सक्रियता गायनमा बढिरहेको छ ।

रङ्गकर्मी माँझ चर्चित भारतको दिल्लीमा रहेको नेसनल स्कुल अफ ड्रामा ९एनएसडी० बाट अभिनय सम्बन्धी शिक्षा लिनुभएका अभिनेता मिश्रा आजभोलि अभिनयको कामलाई थाती राखेर आफ्नो साङ्गीतिक समूहसँग विभिन्न सहरमा गीत सुनाउन पुग्नुहुन्छ ।

“अहिले म अभिनयको लागि पनि समय निकाल्न सकिरहेको छैन, किनकि म गीत सुनाउन भारतकै विभिन्न सहर पुग्ने गरेको छु । मलाई यसमा अनान्द आउँछ, किनकि म बलिउडका गीतहरू गाउँदिन, मैले गाउने गीत मैले नै तयार गरेका छन्, यी रङ्गमञ्चका गीतहरू हुन्”, अभिनेता मिश्राले भन्नुभयो ।

काठमाडौँ कलिङ साहित्य महोत्सव ९केएलएफ० को चौथो संस्करणमा सहभागी हुन् नेपाल आउनुभएका उहाँले सफलता प्राप्त गर्न घर छाड्नु सक्नुपर्ने बताउनुभयो । महोत्सव अन्तर्गत पहिलो दिन कार्यक्रममा सुनिनुभएका अभिनेता मिश्राले सङ्घर्षले दिने सफलता दीघो हुनेमा जोड दिनुभयो ।

“तपाइँ केहि बन्न चाहनुहुन्छ भने पहिला आमाको हातबाट बन्ने खाना छाड्नुस, आफ्नो सहजता त्याग्नुस् र उदेश्य प्राप्तिका लागि हिँड्नुस, असम्भव केही छैन । तपाइँ एउटा मात्र काम गर्न सक्षम हुनुहुन्छ भन्ने म मान्दिन, हामीले गर्न नसक्ने केही छैन तर अल्छी बन्नु हुन्न्”, उहाँले भन्नुभयो ।

जीवनको पहिलो २० वर्ष ग्वालियर, त्यसपछिको २० वर्ष दिल्ली र २३ वर्षदेखि मुम्बईमा बसोबास गरिरहनुभएका अभिनेता मिश्राले आफूले चाहेको सबै काम गर्न पाएको बताउनुभयो । ग्वालियर छाड्नका लागि ’एनएसएडी’ पुग्नुभएका अभिनेता मिश्राले रङगमञ्च हुँदै आफ्नो कामलाई साहित्य र चलचित्रसँग जोड्नुभयो । बाल्यकालदेखि लेखनमा अद्भुत कला देखाउने अभिनेता मिश्राले आफू ‘गड गिफ्टेड ट्यालेन्ट’ रहेको सुनाउनुभयो । आफ्नो मनले दिएको काम गर्दै सफलताको उच्चतम विन्दुमा पुग्न सफल हुनुभएका उहाँले सुरुआती समयमा बलिउडमा अभिनेता बन्ने अवसरलाई समेत त्याग्नुभयो ।

“मलाई कुनै समय बलिउडमा अभिनेता बन्ने प्रस्ताव आएको थियो, मेरो तस्बिर हेरेर निर्माताले मन पराउनुभएको रहेछ । तर, त्यो समय म रङ्गमञ्चमा रमाई रहेको थिएँ, मैले के गर्नुपछ भन्नेमा स्पष्ट थिएँ । मलाई बारम्बार गएर निर्मातालाई भेट्न भनियो, तर म गइन् । म घमण्डी भएर होइन की म त्यो समयमा रङ्गमञ्च नै गर्न चाहन्थे । मैले आफ्नो कला यात्रामा जे जस्तो गरे, म खुसी छु”, उहाँले भन्नुभयो ।

नेपाल आउँदा उहाँलाई खुसी र आनन्द लाग्ने रहेछ । काठमाडौँको सुन्दरता, अत्याध्मिक पक्ष, वातावरण अभिनेता मिश्रालाई आकर्षित गर्ने तत्व हुन् । “मैले सुनेको छु, काठमाडौँ कलाका लागि राम्रो ठाउँ हो, यहाँ धेरै साङ्गीतिक कार्यक्रम हुने गरेका छन् । मलाई बोलाइएमा म यहाँ आफ्नो समूहसँग आएर गीत सुनाउने छु, किनकि पछिल्लो समय म यसमै रमाईरहेको छु, यो मेरो मनले चाहेको काम हो”, उहाँले भन्नुभयो ।

अभिनेता मिश्राले आफ्नो आत्मकथा ‘तुम्हारी औकात क्या है पियूष मिश्रा रु’ मा आफ्नो बाल्यकालका जटिल भोगाइ, रङ्गमञ्चप्रतिको मोह, परिवारको अपेक्षाविरुद्ध कलाको बाटो रोज्ने साहस लगायत रहेको बताउनुभयो ।

“मैले जीवनका पहिलो २० वर्ष ग्वालियरमा बिताएँ, त्यसपछिका २० वर्ष दिल्लीमा र पछिल्ला वर्षहरू मुम्बईमा । यो पुस्तकमा यी तीनै शहरसँग जोडिएका मेरा अनुभव, सङ्घर्ष र सम्झनाहरू समेटिएका छन् । यसले सङ्घर्षले दिलाउने सफलता बारे थोरै भएपनि बुझाउँछ”, उहाँले भन्नुभयो ।

उहाँले युवाहरूलाई आफ्नो क्षमतालाई कुनै एउटा क्षेत्रमा मात्र सीमित नगर्न सुझाव दिँदै आफ्नो सक्षमतालाई बुझ्न आग्रह गर्नुभयो । महोत्सव जेठ २४ गते आइतबार बेलुकी सम्पन्न भईसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>