देश/प्रदेश

कानुन अभावले नागढुङ्गा सुरुङमार्ग संचालनमा ढिलाइः आयोजना प्रमुख

Banner

काठमाडौं, जेठ २५-

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाको प्रगति र सञ्चालन व्यवस्थाबारे छलफल गरिएको छ ।

छलफलका क्रममा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था नहुँदा सञ्चालन मोडालिटी टुंगो लगाउन करिब एक वर्ष समय लागेको बताएका छन् ।

उनका अनुसार हालको कानुनले ठूला पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपनि निर्माणपछि सञ्चालन व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था छैन् ।

‘निर्माण कार्य पनि होइन र परामर्श सेवा पनि होइन । पूर्वाधार सञ्चालन गर्ने सेवा प्रदायक छनोटसम्बन्धी व्यवस्था मौजुदा कानुनमा नभएकाले खरिद निर्देशिका तयार गर्नुपर्यो, मौजुदा कानुनमा नभएकाले करिब एक वर्ष खरिद निर्देशिका तयार गर्ने त्यसपछि मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने र सार्वजनिक खरिद अनुगमन कार्यालयबाट स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट जारी गरेर त्यसपछि ठेक्का प्रक्रिया गर्दा एक वर्ष समय लागेको छ,’ उनले भने ।

नेपालका अनुसार सञ्चालनसम्बन्धी खरिद निर्देशिका तयार गर्न, मन्त्रिपरिषद्बाट स्वीकृत गराउन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट जारी गराउन लामो समय लागेको थियो । त्यसपछि मात्रै ठेक्का प्रक्रिया अघि बढाउन सकिएको उनले जानकारी दिए ।

निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेपनि सञ्चालनको मोडालिटी टुंगो नलागेकाले समय लागेको उनले स्पष्ट पारे ।

यसैबीच उनले नागढुङ्गा सुरुङमार्गको डिजाइन छनोटअघि तीनवटा विकल्पमाथि अध्ययन गरिएको जानकारी दिए । उनका अनुसार छोटा–छोटा सुरुङमार्ग निर्माण गर्ने, ६–७ किलोमिटर लामो एउटै सुरुङमार्ग निर्माण गर्ने वा २.७ किलोमिटर लामो सुरुङमार्ग निर्माण गर्ने विकल्पबारे अध्ययन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>