खेलकुद
एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै
०

काठमाडौं, जेठ २५-
एसियन गेम्स छनोटको फाइनल खेलमा आज (सोमबार) नेपाल र हङकङ भिड्दै छ ।
नेपाली समय अनुसार आज दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।
हिजो भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
सेमिफाइनलमा खेलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्यको नेपालले ९।२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएका थिए । यस्तै ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाए । बलिङतर्फ ओमानका समिर ओथामनले २ विकेट लिए ।
ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८, जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन बनाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























