देश/प्रदेश
प्रजनन स्वास्थ्य शिविरमा ३५० जनाको स्वास्थ्य परीक्षण
०

महोत्तरी, जेठ २२ –
आर्थिक अभावका कारण नियमित स्वास्थ परीक्षण गर्न असमर्थ महिलालाई लक्षित गरी मटिहानी नगरपालिकाले बुधबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शिविरमा ३५० महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै २०० जनाको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि ‘स्वाब’ सङ्कलन गरिएको स्वास्थ्य शाखा पमुख पवनकुमार मण्डलले जानकारी दिनुभयो ।
विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीबाट महिलाले सेवा लिएका थिए । शिविरमा पाठेघर र स्तनक्यान्सर, आङ खस्ने समस्या तथा अब्स्ट्रेटिक फिस्टुलासम्बन्धी उपचार गरिएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























