Breaking News

एक लाख बजेट ल्याउन नसक्ने व्यक्ति चुनाव जितेर गएको छ, नक्कली स्यालको पर्दाफास गर्नुपर्छः महेश बस्नेत

०
Banner

काठमाडौं,कात्तिक २३ –

नेकपा एमालेका सविच महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीमाथि टिप्पणी गर्नुभएको छ ।

सोमवार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादशैँ, शुभदीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले भक्तपुरवासीको मनोबल र मान घटेको टिप्पणी गर्नुभएको हो । उहाँले एक लाख रुपैयाँसम्मको बजेट ल्याउन नसक्ने व्यक्ति निर्वाचन जितेर गएको भन्दै भक्तपुरवासीले विगतमा करोडौँ रुपैयाँ बजेट माग्ने गरेको तर अहिले १० लाख रुपैयाँ माग्न सक्ने हैसियतसमेत नरहेको दाबी गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>