देश/प्रदेश

विश्व वातावरण दिवसका अवसरमा विष्णुमती नदी किनारस्थित लखतीर्थमा वृक्षरोपण

Banner

काठमाडौँ, जेठ २२ –

विश्व वातावरण दिवस–२०८३ का अवसरमा विष्णुमती लखतीर्थ मार्ग करिडोरमा विरूवा रोपिएको छ ।

काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा विभिन्न जातका करिब १०० बिरुवा रोपिएको थियो । कार्यक्रममा वडा नं १२ का अध्यक्ष एवं महानगरपालिका वातावरण समिति संयोजक बालकृष्ण महर्जन, वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल र वडा नं १९ का अध्यक्ष राजेश श्रेष्ठले विष्णुमती लखतीर्थ मार्ग करिडोरमा बिरुवा रोपी पानी हालेर संयुक्त रूपमा शुभारम्भ गर्नुभयो ।

वातावरण दिवसमा मात्र नभएर अन्य जुनै दिनमा पनि स्थानीयको मागबमोजिम वृक्षरोपण गरिने वातावरण समिति संयोजक महर्जनले बताउनुभयो । वातावरण संरक्षणमा स्थानीयवासीको महत्त्वपूर्ण भूमिका रहने हुँदा स्थानीयवासीलाई विरूवा संरक्षणका लागि उहाँले आह्वान गर्नुभयो ।

वृक्षरोपण कार्यक्रममा महानगरपालिकाका उद्यान तथा हरियाली प्रवद्र्धन आयोजना प्रमुख धनबहादुर बस्नेत, विभिन्न स्थानीय क्लबका अध्यक्ष तथा प्रतिनिधि र स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>