चितवन विशेष

चितवन र पर्सा निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

Banner
चितवन, जेठ १९ –
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण  जेठ १ बाट   सुरु गरिएको छ ।
नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४००  ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताउनुभयो ।
बाघको आहार प्रजातीमा जरायो, चितल, लगुना र रतुवा । गौरीगाई बँदेल, निलगाई र बाँदर पर्छन् ।
शुक्लाफाँटा, बाँके र बर्दीयामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रुपमा  छन् ।  सर्वेक्षण  सकेपछि दुरी छनोट  विधिबाट आहारा प्रजातीको सङ्ख्या निकालिने उहाँले जानकारी दिनुभयो ।
निकुञ्जमा सर्वेक्षण सकिएसंगै अध्ययनको काम सुरु गरिने छ । यससंगै बाघकालागि आवश्यक आहारा प्रजाति जोगाउन के गर्न सकिन्छ भन्ने अध्ययनका लागि सहज वन्ने उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>